निर्दलीय अभ्यास भयो भन्नेले संविधान पढ्नुस् : देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्दा निर्दलीय अभ्यास भयो भन्नेलाई संविधान पढ्न भनेका छन् । नेपाल प्रेस युनियनका ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै उनले केहीले निर्दलीय अभ्यास भएको भन्दै त्यासे नभएको दावी गरेका हुन् ।

उनले अगाडी भने संविधानको धारा ७६ को ५ मा कुनै पार्टी भनेको छैन । प्रतिनिधिसभा सदस्य भनेको छ ।’ यस्तै उनले आफूले बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गर्दा पनि राष्ट्रपतिले संसद विघटन गरेर गर्न नपर्ने काम गरेको बताए ।
राष्ट्रपतिबाट असंवैधानिक काम भएकाले आफुहरु सर्वोच्च गएको उनको भनाइ छ ।

लोकतन्त्रमाथि नै खतरा भएकाले काँग्रेस सर्वोच्चमा गएको देउवाले बताए । यस्तै संविधानमाथिको हस्तक्षेप स्वतन्त्र न्यायपालिकाले रोक्ने उनले विश्वास गरेका छन् ।