सभामुख सापकोटाद्वारा संविधान र कानूनका विज्ञसँग परामर्श जारी



काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श गरीरहेका छन् । बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्शमा व्यस्त छन् उनि । परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु लगायतलाई बोलाइएको छ ।

सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका छन् । भने उनले यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका गरी सकेका छन् । पुर्व सभामुखहरुले जनताको प्रतिनिधीमुलक संस्थालाई यसरी २ पटक भंग गर्ने कार्य संवैधानिक हुन नसक्ने सुझाव दिएका थिए । प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमलाई उनिहरुले असंवैधानिक भनेका थिए ।