बहिनी बचाउन दाजुको अपिल, श्रीषालाई आर्थिक सहयोग जुट्दै



काठमाडौं । कैलालीको टिकापुर १ की श्रीषा रावलको उपचारका लागि सहयोगस्वरुप आर्थिक संकलन थालिएको छ । विगत केहि दिनदेखी टाउकोमा गम्भिर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको भन्दै श्रीषाको परिवारले सहयोग गर्न अपिल गरेको हो ।

अछामको पुल्लेतोला निवासी श्रीषा टिकापुर बहुमुखी क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्यायनरत छन् । उनको अहिले नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको दाजु राजन रावलले बताए । श्रीषाको उपचारमा धेरै खर्च लाग्ने र अहिले कोरोना माहामारीले लगाइएको निषेधाज्ञामा आर्थिक जोह गर्न समस्या भएकाले उनले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेका हुन् ।

राजनकाअनुसार श्रीषाको टाउकोमा रगत जमेका कारण नसाहरु सुकेर रक्त सञ्चार हुन नसकेको र कोषहरुले काम नगरेको डाक्टरहरुले बताएका छन् । अहिले श्रीषाको अवस्था गम्भिर छ ।

उनको होस पनि कुनै बेला आउने र कुनै बेला जाने भईरहेको राजनले बताए । डाक्टरकाअनुसार उनको स्वास्थ्यमा सुधार हुन केहि समय लाग्ने छ । श्रीषाको उपचारमा अहिले दैनिक १५ देखि २० हजार रुपैया खर्च भइरहेको राजनले बताए ।

सहयोगका लागी :

राजन रावल

लक्ष्मी बैंक लिमीटेड

खाता नम्बर–०५०२००२२३६४,

सम्पर्क नम्बर ९८६५८०९८३८