दैनिक दूध सेवनले हृदयघातको सम्भावना घटाउँछ



काठमाडौं । दैनिक रुपमा दुध सेवन गरे यसका फाइदाहरु धेरै छन् । त्यस मध्ये दैनिक एक गिलास दुध पिँउदा मुटु रोग र हृदयघातको सम्भावना समेत कम गर्ने एक अध्ययनले पत्ता लगाएको छ । मुटु रोग र हृदयघातको खतराको सम्भावनालाई एक गिलास दूधको सेवनले १४ प्रतिशतसम्म कम उक्त अध्ययनको दावी छ ।

दैनिक एक गिलास दुध पिउने व्यक्तिमा कोलेस्ट्रोलको स्तर कम हुन्छ । त्यसैले मुटु रोगको सम्भावना कम हुन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नाले धमनीमा ब्लकेज बन्छ । जसको परिणाम हृदयाघातको सम्भावना अधिक हुन्छ । बेलायतको एक अध्ययनले यो निष्कर्ष निकालेको हो ।

यस अध्ययनमा अमेरिका र बेलायतका २० लाख व्यक्तिमा अध्ययन गरिएको थियो । दूध खाने व्यक्तिमा बिएमआई बढी देखिए पनि कोलेस्ट्रोल लेभल भने कम देखिएको थियो । त्यसैले दूधजन्य पदार्थ फाईदाजनक देखिएको छ । विशेषज्ञहरुका अनुसार जो व्यक्तिमा परिवर्तन आएको थियो, उनीहरूमा मुटु रोगको खतरा कम देखियो ।

लेक्टेजिनमा परिवर्तन देखियो जसले शरीरको सुगरलाई कन्ट्रोलमा राख्न सहयोग मिल्यो । मानिसहरूमा मधुमेहका बिरामीले दूध खानु हुँदैन भन्ने धारणा छ । तर अध्ययनले मधुमेहका बिरामीलाई समेत दूध फाइदाजनक हुने बताएको छ ।