तरकारी ढुवानी गर्ने गाडीमा पनि जोर–बिजोर प्रणाली लागु



काठमाडौं । निषेधाज्ञा थप कडा पारिएको काठमाडौंमा तरकारी बोक्ने गाडीमा पनि जोर विजोर प्रणली लागु गरिएको छ । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको हो ।

बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको उनले बताए ।

उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन ।
कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि बढेको छ ।