२४ घण्टामा संक्रमणदर घट्यो : ६७१४ संक्रमित, १४५ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् । बुधबार संक्तमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो ।

छिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ । यसैविच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।