नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको टिप्पणी



काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले आन्तरिक मामिला भन्दै आफै सुल्झाउनु पर्ने टिप्पणी गरेको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर भारतीय विदेश मन्त्रालयलेयस्तो बताएको हो ।

बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका भन्दै नेपालले अहिलेको समस्या आफै समाधान गर्नुपर्ने जनाएको छ ।