कर्णाली प्रदेश सरकारको प्रवक्तामा सीताकुमारी नेपाली नियुक्त



काठमाडौं । सीताकुमारी नेपालीलाई कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मा दिइएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएकी उनी नेकपा माओवादी संसदीय दलकी सचेतक समेत हुन् । नेपालीलाई मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मा दिएको हो ।

यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले हेर्दै आएपनि नियुक्ति भने भएको थिएन । विगत तीन वर्षदेखि कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी विमला केसीले सम्हाल्दै आएकी थिइन् ।