२४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण, १६९ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा१६९जनाको मृत्यु भएको छ ।

यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । सोमबारको तुलनामा मंगलबार फेरी संक्रमण बढेको देखिएको छ ।