पूर्वसभामुखहरुको प्रतिक्रिया : जनताको प्रतिनिधि संस्थामाथि आक्रमण हुनु असंवैधानिक



काठमाडौं । जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण हुनु असंवैधानिक भएको पुर्व सभामुखहरुले बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गर्नु असंवैधानिक भएको बताएका हुन् ।

छलफलमा पूर्वसभामुख ओनसरी घर्ती, कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा सहभागी भएनन् ।