फोक्सोमा पस्यो फलामको टुक्रा, दूरविनद्वारा शल्यक्रिया गरी निकालियो



काठमाडौं । फोक्सोमा पसेको फलामको टुक्राको सफल सल्यक्रिा गरिएको छ । जटिल मानिने फोक्सोको अप्रेसन दूरविनबाटै गरेर पर्साको एक निजी अस्पतालले बिरामीको ज्यान जोगाएको हो ।

कारखानामा काम गर्ने क्रलममा दुर्घटना हुँदा फलामको एउटा टुक्रा उछिटिएर ति व्यक्तिको दाहिने छाती छेडेर भित्र पसेको थियो।

उनि वीरगन्जको एक निजी कारखानामा कार्यरत भारत आसामका पप्पु बोहरा हु्न् । उनको छातीभित्र छेडेर पुगेको फलामको टुक्रालाई दूरविनबाटै सल्यक्रिया गरी निकालिएको हो।

पीडाले छटपटिएका बोहरालाई वीरगन्जस्थित नारायणी वयोधा अस्पतालका चिकित्सक डा. शौरभ शर्माको टिमले दूरविन प्रविधिबाट सफल शल्यक्रिया गरेका छन्।