प्रतिनिधि सभा विघटनबारे राय लिन सभामुखद्वारा पुर्वसभामुखसंग छलफल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनबारे राय लिन छलफल गरीरहेका छन् । छलफलन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमासुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारेमा रायसुझाव लिन सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।

छलफलमा पूर्व सभामुखहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा, रामचन्द्र पौडेल सहभागी छन् । तर एमाले संसदीय दलका उपनेता समेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भने कार्यव्यस्तताका कारण छलफलमा सहभागी भनाएको जनाइएको छ ।