मौरी संरक्षणका लागी शरिरमा मौरी राखेर एन्जेलिना जोलीको फोटोसुट



काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोलीले शरिरमा मौरी राखेर एन्जेलिना जोलीले फोटोसुट फोटोशुट गरेकी छिन्  मौरी संरक्षणका लागी सन्देश दिन एक म्यागेजिनले आफ्नो कभरका लागि फोटोसुट गराएको हो ।

जसका लागि उनले झन्डै १८ मिनेट मौरीहरूलाई आफ्नो जिउमा राखेर बसिन् । मौरीलाई संरक्षण गर्नुपर्ने सन्देशसहित एन्जेलिनाले विश्व मौरी दिवसको अवसरमा नेसनल जिओग्राफिक म्यागेजिनका लागि फोटो खिचाएकी हुन्।

यतिबेला सामाजिक संजालमा एन्जिलानाको मौरीसँग खिचाएको फोटोले चर्चा बटुलिरहेको छ। फोटो फोटोग्राफर ड्यान विन्टर्सले खिचेका हुन्।