अक्षयको ‘सूर्यवंशी’ अगष्ट मध्यमा रिलिज हुने



काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको ‘सूर्यवंशी’ फिल्म अगष्ट १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक रोहित सेठ्ठी र निर्माता करण जोहारबीच यो मितिमा फिल्म रिलिज गर्ने सहमति भएको हो ।

कोभिड महामारीले बन्द भएका थिएटर खुल्नासाथ फिल्म रिलिज गर्ने तयारी गरिएको छ । फिल्म ‘सूर्यवंशी’ गत वर्षको इदमा रिलिज हुने तयारीमा थियो ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै भारतमा कोभिड महामारी फैलिएपछि फिल्म रिलिज तत्कालका लागि रोकिएको थियो । यो फिल्ममा अक्षयसँगै कटरीना कैफ, रणवीर सिंह, अजय देवगनलगायतका कलाकारको अभिनय छ ।