प्रभु बैंकको ४ अर्ब बराबरको ऋणपत्र निष्काशन, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले आज देखि ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा जेठ १६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।