कोभिड–१९ अध्यादेशको प्रावधान पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना



काठमाडौँ । कोरोना संक्रमण नरोकिएपछि संक्रमण रोकथामका लागी ल्याएका प्रावधान लागुमा थप कडाई गरीने भएको छ । काठमाडौं प्रशासनले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचखालसम्म जरिवाना वा दुवै सजाय दिनसक्ने व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लङ्घन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो । अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुनसक्ने समेत जनाइएको छ ।

अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेख छ ।