संविधानअनुसार नै अध्यादेश ल्याइएको हो : गृह हसचिव न्यौपाने



काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले संविधान र सर्वोच्च अदालतकै आदेशअनुसार नागरिता सम्बन्धी अध्यादेश ल्याएको दावी गरेका छन् । सचिव न्यौपानेले संविधान र सर्वोच्च अदालतकै आदेशअनुसार नागरिता सम्बन्धी अध्यादेश आएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गैरनेपालीलाई नागरिकता दिने काम नहुने भन्दै भ्रममा नपर्न आग्रह गरे। समयमा नै नागरिकता सम्बन्धी विधेयक पेश भए पनि अघि बढ्न नसकेकाले अहिले वाध्यतावश अध्यादेश ल्याइएको उनले बताए।

उनले पर्याप्त गृहकार्य गरेर नै अध्यादेश ल्याइएको बताए। बुबाआमाले जन्म वा वंशजका आधारमा नागरिकता पाएका छन् तर, छोराछोरीले नपाउने अवस्था सिर्जना भएकोले अध्यादेश ल्याइएको भन्दै उनले समयमात्र अहिले परेको बताए।