सुनचाँदीको भाउमा सामान्य बृद्धि, प्रतितोला एक सय रुपैयाँले बढ्यो



काठमाडौँ । सोमबार सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो भने चाँदी पाँच रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९३ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन भने आज ९३ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, आइतबार एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।