नारायणी अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु



काठमाडौ । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्सा र बाराका दुई÷दुई जना र सर्लाहीका एक जना छन् । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

वीरगञ्ज–३२ चोर्नीका ३५ वर्षीय पुरुष, पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको, बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुष, बाराकै ४० वर्षीय पुरुष र सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।