नेवि संघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । कलंकीमा आइतबार साँझ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।

नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी विद्याथीहरुलाई तितरबितर पारेको थियो ।