जसपा : उपेन्द्रसँग महन्थले मागे स्पष्टीकरण



काठमाडौं । जसपा (महन्थ ठाकुर पक्ष) को कार्यकारिणी समिति बैठकले उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।