२४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त



काठमाडौँ । २४ घण्टामा देशभरका ७ हजार ६६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । २४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो ।