२४ घण्टामा ७९१४ जनामा संक्रमण पुष्टि, संक्रमणदरमा घट्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । शनिबारको तुलनामा आइतबार संक्रमण घटेको देखिएको छ ।

आइतबार कोरोना संक्रमणबाट १९३ मृत्यु भएको मन्त्रालयले जनाएको छ ।