लोकतन्त्र रक्षाका लागि लडिरहेको प्रधानमन्त्री ओलीको दाबीे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि आफूहरु लडिरहेको दाबी गरेका छन् । ओलीले यस्तो महामारीको अवस्थामा सानातिना राजनीतिक प्रश्नका झमेला छोडेर महामारी नियन्त्रणमा लाग्नुपर्नेमा कोभिड देखा परेदेखि नै सरकार परिवर्तनका खेल सुरु भएको बताए ।

व्यक्तिगत महत्वाकांक्षा, कुण्ठा र आग्रहलाई महत्व दिने र त्यसैलाई अग्रभागमा राखेर जनताले भोगिरहेका समस्याबाट ध्यान अन्यत्र मोड्ने काम भएको आरोप उनले लगाए । उनले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजिएको पनि आरोप लगाएका छन् ।

आफ्नो निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले ‘लोकतान्त्रिक प्रक्रियाहरुबाट राजनीतिलाई पथभ्रट बनाउने र अलोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने सोचहरु अगाडि आएको बताए ।