अदालत जान विपक्षी गठवन्धनको सांसदहरूको हस्ताक्षर संकलन



काठमाडौँ । बिपक्षी गठबन्धनले संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जान साँसदहरुको हस्ताक्षर। संकलन गरेका छन् । १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गरेको विपक्षी गठबन्धन आफ्नो दावीलाई अस्वीकार गर्ने र संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जाने उनिहरुले तयारी गरेका हुन् ।

अहिले कांग्रेस संसदीय दलमा विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन भइरहेको हो । माओवादीले आफ्ना सांसदको हस्ताक्षर र नागरिकता संकलन गरिसकेको छ ।