संखुवासभामा जंगली च्याउ खाँदा एकै घरका आठजना गम्भीर बिरामी



काठमाडौं । संखुवासभाको सिलिचोङ याफुमा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा विरमी परेका मध्ये ८ जना गम्भिर छन् । च्याउ खाने सबै जनाको मिर्गौला र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।