शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध ३ विद्यार्थीको प्रदर्शन



काठमाडौं । शीतलनिवास अगाडीनै राष्ट्रपति विरुद्ध प्रदर्शन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो । जम्मा तीन जनाविद्यार्थी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरे । उनिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरु नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थी हुन् ।