निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाण्डौ । हाल लागु गरिएको निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमण बढीरहेको र नागरिकस्तरबाट लापरबाही बढेको भन्दै लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

यस्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पनि भीडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ । प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेको सन्दर्भमा समर्थन र विरोधका कार्यक्रमहरु हुन सक्नेतर्फ सचेत गराउँदै गृह मन्त्रालयले सुरक्षा निकायहरुलाई भीडभाड हुने जुनसुकै गतिविधि रोक्न भनेको छ ।