पहाडी क्षेत्रको मौसम बद्ली : केही ठाउँमा पानी पर्ने सम्भावना



काठमाडौं । देशको पहाडी क्षेत्रको मौसम बद्ली भएको छ । तराईका केही ठाउँमा मौसम आंशिक बद्ली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो प्रदेश-१, वाग्मती तथा गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि प्रदेश-१, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने अनुमान छ ।