२४ घण्टामा ८८४८ जना संक्रमणमुक्त, ८९८० जना कोरोना संक्रमित थपिए



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ८४८ सङ्क्रमित निको भएका छन् ।

एकै दिन सङ्क्रमणमुक्त भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा थप १२९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ६१५३ जनाको मृत्यु भएको छ । अहिले १ लाख १५ हजार ८०६ जना सङ्क्रमित आइसोलेसनमा छन् ।