राष्ट्रपतिलाई तपाईं नभनेकोमा प्रधानमन्त्री ओलीको आक्रोस



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई तिम ीभनेर सम्बोधन गरेकोप्रती आक्रोस पोखेका छन् । उनले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका हुन् ।

बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । उनले भने ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन ।