विपक्षी गठबन्धनले राष्ट्रपति–प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने



काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका नेताहरुले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासहितका नेताहरुको बैठकले राजनीतक प्रतिवादका साथै कानुनी लडाइँका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।