कोरोनाले रोकियो ‘दि भ्वाइस अफ नेपाल’को प्रशारण



काठमाडौं । नेपालमा गायन तर्फको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को प्रशारण रोकिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ । हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शुक्रबार प्रशारण भएन ।

आज शनिबार पनि यो शो प्रशारण नहुने कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ । आयोजकले नयाँ भाग प्रशारण गर्न नसकेको दर्शकसँग क्षमा समेत मागेको छ । साथै, परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने आयोजकले जनाएको छ ।