सभामुखद्वारा कानुनविद् र शीर्ष नेताहरूसँग परामर्श



काठमाडौं । पपछिल्लो घटनाक्रमका विषयमा सभमुख अग्नीप्रसाद सापकोटाले परामर्श गरीरहेका छन् । प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रमबारे सभामुख सापकोटाले कानुनविद् र दलका शीर्ष नेताहरूसँग परामर्श सुरु गरेका हुन्।
आफ्नो धारणा सार्वजनिक गर्नुअघि सभामुख सापकोटाले परामर्श थालेका हुन्। आज नै सभामुखले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १ः४९ बजे प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन्। प्रधानमन्त्री सिफारिसमा मध्यरातमा संसद् विघटन भएपछि त्यसको चौतर्फी विरोध भएको छ।