भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३



भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४२ पुरुष र ७१ महिला गरी २१३ पुगेको छ।

चार स्थानीय तहमध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यहाँ ५६ पुरुष र २३ महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। त्यसैगरी भक्तपुर नगरपालिकामा ३५ पुरुष र २३ महिला गरी ५८ जनाको मृत्यु भएको छ।

त्यस्तै सूर्यविनायक नगरपालिकामा ३५ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको स्वास्थ्य स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । चाँगुनारायण नगरपालिकामा हालसम्म २३ संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा १६ पुरुष र ७ महिला छन्।

भक्तपुरमा कोरोना संक्रमितहरुमध्ये ७४ प्रतिशत संक्रमणमुक्त भएका छन्। कुल १७ हजार ५७६ संक्रमितमध्ये १२ हजार ९९० संक्रमणमुक्त भएका छन्। जुन ७३ दशमलव ९० प्रतिशत हो। संक्रमणमुक्त भएकाहरुमध्ये ७ हजार २३६ पुरुष र ५ हजार ७५४ महिला छन्।

भक्तपुरमा हाल ४ हजार ३७३ सक्रिय संक्रमित छन्। तीमध्ये १३६ पुरुष र १०३ महिला गरी २३९ जना अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन् भने २ हजार १६३ पुरुष र १ हजार ९७१ महिला गरी कुल ४ हजार १३४ जना होम आइसोलेसनमा छन्।