नँया सरकार गठनका लागी राष्ट्रपति कानुनी परामर्शमा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नँया सरकार गठनका लागी कानुनी परामर्शमा जुटेकी छन् । प्रधानमन्त्री पदमा दुई नेताले दाबी गरेपछि उनले कानुनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन्। संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्।  राष्ट्रपतिले दिएको समयसीमाभित्र नै ओली र देउवाले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।