२४ घण्टामा ८६०७ जना कोरोना संक्रमित थपिए, १७७ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ७८९० जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए ।