राष्ट्रपतिले दिएको समयसकियो, ओली र देउवाको दावी पेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । यो समयमा विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाएका छन् । विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै शुक्रबार दिउसो पौने चार बजे नेताहरु शीतलनिवास पुगेका थिए ।

तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए । ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

बिहीबार राष्ट्रपतिले नसंविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार ;साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।