१ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दावी पेश



काठमाडौँ । एमाले संसदिय दलका नेता केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा आफ्नो दावी पेश गरेर फर्किएका छन् । ओली संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो दाबी पेश गरेका हुन् ।

एमालेका १ सय २१ र जसपाका ३२ गरी १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको जानकारी गराउँदै ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेर फर्किएका हुन्