सर्बोच्चले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मा ओलीलाई



काठमाडौं । सर्बोच्चले पदमुत्त गरेका ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी ओलीलाई लगाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म उनीहरुलाई मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रालयको जिम्मा दिइएको हो ।