रुकुम पुर्वमा थुनुवा बोकेको गाडी दुर्घटना हुँदा ४ घाइते



काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्जका लागी छुटेको गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । उक्त दुर्घटनामा एक थुनुवासहित ४ जना प्रहरी घाइते भएका हुन्। लु१झ ५७० नम्बरको जीप शुक्रबार बिहान रोल्पा नगरपालिका–१ मा दुर्घटना भएको हो।

रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार गाडी सडकमै चिप्लिएर पल्टिएर दुर्घटना भएको थियो। प्रहरीका अनुसार एक थुनुवा, प्रहरी नायब निरीक्षक जयबहादुर रानासहित पाँच जना घाइतेको उपचार रोल्पा अस्पतालमा भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।