प्रधानमन्त्री दावी पेश गर्न देउवासहित विपक्षि दल शीतलनिवासमा



काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश काँग्रेस सभापति देउवा शीतल निवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।