विपक्षी तीन दलको छलफल सिंहदरबारमा सुरु



काठमाडौं । विपक्षी तीन दलको छलफल सिंहदरबारमा सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।