बहुमत जुटाउने प्रयासमा छु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमत जुटाउने प्रयासमा रहेको बताएका छन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै संविधानको धारा ७६ (५) अनुसार पनि प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका हुन् ।

उनले राष्ट्रपतिले दिएको साँझ ५ बजेसम्मको समयमा सरकार बनाउनका लागि बहुमत जुटाउने प्रयासमा रहेको बताए । उनले फेरि एक महिनाभित्र विश्वासको मत लिने तर त्यतिबेला पनि विश्वासको मत नपाए स्वतः संसद विघटन हुने बताए ।