सांसदहरुलाई काठमाडौं छाडेर नजान जसपाको निर्देशन

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्ना साँसदहरुलाई काठमाडौ. नछोड्न निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको हो ।

बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । बैठकले सत्ता समीकरणका लागि जुनसुकै निर्णय लिनुपरे अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी उनलाई जिम्मेवारी दिएको छ ।