आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्रीको आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आव्हान गरेका छन् । बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन् ।

उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे । उनले आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै हुँदै नभए संसद विघटनको बाटोमा जानसक्ने संकेत गरे ।