उपयुक्त कदम चाल्ने बुढानिलकण्ठमा भएको भेलाको निर्णय



काठमाडौं । सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष सर्बदलिय बैठकले निकालेको छ । बुढानिलकण्ठमा शुक्रबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको जानकारी दिँदै कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने बताए ।

यस्तै काँग्रेस नेता रामचन्द्र पौडेलले ३ बजे काँग्रेस संसदीय दलको कार्यालयमा सबै नेताहरु जम्मा भएर आवश्यक निर्णय लिने बैठकमा सहमति भएको बताए । उनका अनुसार बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने निर्णय गरेको छ ।