संविधान संशोधन गृहकार्यका लार्गी कार्यदल गठन



काठमाडौं । संविधान संशोधनका गृहकार्यका लागी कार्यदल गठन गरिएको छ । सो गृहकार्यका लागी सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको हो । जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए ।

ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको बताए ।