राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल गर्न देउवा निवासमा शीर्ष नेताहरु भेला



काठमाडौँ । राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन छलफल शुरु भएको छ । महाअभियोग बारे छलफल गर्न देउवा निवासमा शीर्ष नेताहरु भेला भएका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

विहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका हुन् । कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि विपक्षी दलहरुलाई आह्वान गरेकी छन् ।