कांग्रेसले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुसंग छलफल गर्ने

प्रचण्ड देउवा निवास पुगे


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुसंग छलफल गर्ने भएको छ ।

सभापती शेर बहादुर देउवा निवास बुढानिकण्ठमा आज बसेको पदाधिकारी बैठकले यसका लागि अन्य दलसंग छलफल गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता रमेश लेखकले शैली न्युजलाई जानकारी दिए।

राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको हो। काँग्रेसले यो सरकार बनेदेखि नै संविधानको मर्म र भावनामाथि प्रहार भइरहेको ठहर गर्दै गम्भिर ध्यानाकर्षण भएको नेता लेखकले बताए।

काग्रेसले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानलाई असंवैधानिक भएको भनेको छ। यस्तै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि समय दिएपछि दलहरु छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड अहिले बुढानिलकण्ठ पुगेका छन्।

प्रचण्ड देउवा निवास पुगेको र अगामी कदमबारे छलफल हुने नेता लेखकले जानकारी दिए।